३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सुनकोशीमा बस दुर्घटना (अपडेट) मृतकको संख्या ८ पुग्यो



दोलखा ।
दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनामा ८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्। मृतकको सनाखत हुन भने बाँकी छ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार थिए।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको छ। अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।घटनाको थप विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोसः

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : ५७ बजे