३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु



सिन्धुपाल्चोक ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो। बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्।दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ। घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शी सन्तोष पनेरुले जानकारी दिएका छन्। बस नदीमा पूरै डुबेको छ। मृतक संख्या बढ्नसक्ने बताइएको छ। घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ। मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ। थप विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : २५ बजे