५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान



काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सोमबार सकिएसँगै यस्तो आदेश आएको हो।
सोमबार पूर्वसभामुख महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शेरबहादुर केसी, सबिता भण्डारी र कृष्ण सापकोटाले बहस गरेका थिए। यसअघि आइतबार महराकै पक्षमा अधिवक्ताहरु लव मैनाली र भोजराज आचार्यले समेत बहस गरेका थिए।
मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यस्तै सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न माग दावी गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ६ : ३२ बजे