७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रदेश ५ मा पूर्वाधार विकास प्राधिकरण गठन



बुटवल ।
प्रदेश ५ सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यहरुमा प्रदेशका प्रमुख सचिव र मन्त्रालयका सचिवहरु रहेका छन्।
प्राधिकरणले प्रदेशको पूर्वाधार विकासबारे योजना निर्माण, समीक्षालगायतको काम गर्नेछ। यस्तै बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि थप जग्गा आवश्यक परेकाले अस्पतालको आडैको इलाका वन कार्यालय रहेको क्षेत्रको जग्गा प्राप्तिका लागि संघ सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ। बैठकले बहुवर्षीय आयोजना स्वीकृती तथा ठेक्कासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  ७ : २७ बजे