२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तुमा वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी



अजय मिश्र, कपिलवस्तु ।
यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन ।
वडा नं. १० लालपुरको अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अदालत मनिहार, नेपाली काग्रेसबाट देवराज भारती, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझी ,राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
शान्त व्यावस्थित तरिकाले उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लोकजंग शाहले वताए।

 

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ८ : ४१ बजे