७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर



काठमाडौं ।
युनिसेफको आयोजनामा नेपाली बालबालिकासँग क्रिकेट खेल्न आएका विश्व क्रिकेटका एक महान् हस्ती सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन्। तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको पनि प्रशंसा गरेका छन्। उनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए। यो पटक युनिसेफको सद्भावना दूताका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन्।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  २ : १६ बजे