९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भारतको विरोधमा नेविसंघले उडायो कालो बेलुन



काठमाडौं ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि नेविसंघले भारतको विरोधमा निरन्तर प्रदर्शन गरिरहेको छ। कालपानी क्षेत्रस्थित नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आइतवार भारतीय दूतावास अगाडि कालो व्यानर र बेलुनसहित प्रदर्शन गरेको छ। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। सिमाना मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दै पक्राउ गरेको छ। कालो ब्यानर र कालो बेलुनसहित भारतविरुद्ध नाराबाजीसहित ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो। लिम्पियाधुरा समेटिएको कालो ब्यानरसहितको बेलुन पनि नेविसंघले उडाएको छ। उक्त ब्यानरमा कोरिएको नक्सामा ुमोदी हेर, यो नक्सा नेपालको होु लेखिएको थियो। पक्राउ पर्नेहरुमा नेविसंघका नेता नवराज त्रिपाठीसहित छन्।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  ३ : २१ बजे