५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रधामन्त्रीले मन्त्री बन्न गरेको आग्रह उपसभामुखद्वारा अस्वीकार



काठमाडौँ ।
प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आफ्नो पदबाट राजीनामा दिएर मन्त्री बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेकी छिन् ।

उपसभामुख तुम्बाहाम्फेसँग निटकस्त स्रोतका अनुसार उनले संसद नचलेको बेलामा राजीनामा दिनु उचित नहुने तर्क गर्दै राजीनामा नदिने तर्क अघि सारेकी हुन्। ’निर्वा्चित पदाधिकारी हुँदाहुँदै हिउँदे अधिवेशनको सुरुआतमा जेष्ठ सदस्यलाई अध्यक्षता गर्न दिनु उचित हुँदैन। त्यसैले म अहिले राजीनामा दिन्न,’ तुम्बाहाम्फेलाई उद्धृत गर्दै स्रोतले भने, ’बरु अधिवेशन सुरु भइसकेपछि के गर्ने भन्ने छलफल गरौंला।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि तुम्बाहाम्फेको तर्कसँग सहमति जनाउँदै त्यसबारे पछि नै निर्णय गर्न आफू तयार रहेको जवाफ दिएका थिए।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधिसभाको सभामुखको पद रिक्त छ।

प्रकाशित मिति : ४ मंसिर २०७६ बुधबार ००:००  ३ : ४७ बजे