७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पार्टी नीतिविपरीत बागी उम्मेदवार दिने चौधरीमाथि नेकपाको कारबाही



दाङ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ को उपचुनावमा बागी उम्मेदवार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ ।
पार्टी नीतिविपरीत नेकपाको उम्मेदवारविरुद्व चौधरीले बागी उम्मेदवारी दर्ता गराइ कांग्रेसको उमेदवारलाई सहज बनाउने षडयन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ति जारी गरी कारबाही गरेको जानकारी दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’जगलाल चौधरीलाई निष्कासन गरिएको छ र जगलाल चौधरीलाई सहयोग गर्ने हरुलाई मातहतका सम्बन्धित कमिटीहरुले कडाभन्दा कडा कारबाही गर्न निर्देशन जारी गर्दछौँ ।’
साथै विज्ञप्तिमार्फत पार्टीको आधिकारिक उम्मेदवार सुरेशबहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोधसमेत गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ५ : ४८ बजे