८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

देउवाले फेरी लगाए गम्भिर आरोपः भन्छन्, ओलीको राष्ट्रवाद कालापानीमा झुक्यो



दाङ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर झुकेको बताउनुभएको छ । सोमबार दाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले ओलीको राष्ट्रवाद उदाङ्गिएको दाबी गर्नुभयोे ।
‘ओली राष्ट्रवाद भनेका हैनन ? यो राष्ट्रवाद कालापानीमा लम्पसार भएको छ’, सभापति देउवाले भन्नुभयो,‘त्यसकारण पनि ओली राष्ट्रवादी हुँदै होइनन, उनले जनतालाई भुक्काएर चुनाव जितेका हुन् ।’
ठुलो संघर्षको उपलब्धीले स्थापना भएको लोकतन्त्रलाई कम्युनिस्ट सरकारले समस्यामा पारेको समेत उहाले बताउनुभयो । न्यायालय, मानव अधिकार आयोग, कर्मचारी, प्रशासनमा हस्तक्षेप हुन थालेको भन्दै लोकतन्त्रमा नभएर अधिनायकवादमा यस्तो हुने देउवाले प्रष्ट पार्नुभयो ।
न्यायलय स्वतन्त्र हुन नसकेको देशमा प्रजातन्त्र हुँदै नहुने जिकिर देउवाले गर्नुभयो । लोकतन्त्रको रक्षामा कांग्रेस मात्रै लागेकोसमेत उनले दाबी गर्नुभयोे ।

प्रकाशित मिति : ९ मंसिर २०७६ सोमबार ००:००  १० : १४ बजे