१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रोनाल्डोले गोल नगरे पनि युभेन्टस समुह विजेता, डिबाला चम्किए



एजेन्सी । क्रिष्टियानो रोनाल्डोले पूरै समय खेलेको खेलमा पाउलो डिबालको उत्कृष्ट गोलको सहयोगमा युभेन्टस विजयी भएको छ ।च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह डी को खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिबालाले फ्रि–किक मार्फत गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो ।

जितसँगै युभेन्टस समूह विजेता बन्यो । युभेन्टस यसअघि नै अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको थियो । थप खेलाडीको रुपमा आएका फेडेरिको बेर्नार्डेस्कीले पनि पोस्टमा प्रहार गरेका थिए, तर गोल हुन सकेन ।पराजित भएको एथ्लेटिको मड्रिड समूहको दोस्रो स्थानमा कामय छ । तर अन्तिम १६ मा पुग्नका लागि आउँदो महिना उसले लोकोमोटिभ मस्कोलाई भने पराजित गर्नु पर्ने छ ।समूह डी अन्तर्गतकै खेलमा बायर लेभरकुजनले लोकोमोटिम मस्कोलाई २–० ले पराजित गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ८ : ३७ बजे