१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अख्तियार साना माछामा अल्झिएको छः भट्टराई



दाङ ।
समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा समाउन नसक्ने बताएका छन्। रिपोर्टस क्लबले दाङमा गरेको सात्क्षात्कारमा डा. भट्टराईले भने, दलहरुको भागबन्डामा बनेको आयोगसँग अत्यन्तै कम्जोर मनोवल छ, यसले काम गर्न सक्दैन। यसले ठूला माछा समाउन सक्दैन। साना-साना माछामा अल्झिएको छ।
उनले अख्तियारले भ्रष्टचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। जनताप्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ, पूर्व प्रधानमन्त्री भट्टराईले भने, त्यसले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टचारको छानबिन गरेर भ्रष्टचार रोक्न सकोस्। भट्टराईले देश गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेको बताउँदै भने, दुईतिहाइ बहुमतको सरकारले देखिने गरी काम गर्न सकेको छैन। उनले देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहिर देखिने गरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको भन्दै सरकारको ठोस योजना नरहेको समेत बताए । दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिने गरी नत रोजगार सृजना गर्न सक्यो, नत लगानी पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो, अध्यक्ष भट्टराईले भने, निर्माण र व्यापारका केही क्षेत्रमा ६ र ७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दीगो विकास हुँदैन।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  २ : ०७ बजे