८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रचण्ड चीन भ्रमणमा जाने



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै चीन भ्रमणमा जाने बताएका छन्। नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जाने तयारीमा रहेको बताएका हुन् ।
चीनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको प्रस्ताव अनुसार नै आफू चाँडै चीन जाने तयारीमा रहेको प्रचण्डले बताएका हुन्।
चीनसँग आफ्नो जनस्तरको सम्बन्ध स्थापित भएको पनि प्रचण्डले बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १ : ३५ बजे