७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश



काठमाडौं ।
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया रोकिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजालसले बारास्थित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम यथास्थितिमा राख्‍न आदेश जारी गरेसँगै निर्माण प्रकिया अघि बढाउन रोक लागेको हो। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले रिट दायार रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले यस्तो आदेश दिएको हो। यो आदेशससँगै सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशमाथिको छलफलका लागि झिकाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  ४ : १८ बजे