मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा बुद्ध रंगशाला चारनम्बर जितपुरमा बिहीबारदेखि सुरुभएको ११ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन शुक्रबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवको दोस्रो दिन १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ ।
शुक्रबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका रितु थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिएका थिए ।
शनिबार भने चर्चित सदाबहार गायक सुगम पोख्रेल, वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा मगर ‘काउली बुढी’ लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यस्तै शुक्रबारदेखि नै कपिलवस्तु डान्स आइडल सुरु भएको छ । आइडलका लागि शुक्रबार १५ जनाले आफ्नो प्रस्तुति देखिएका छन् सोही प्रस्तुतीको आधारमा शनिबारबाट प्रतिस्पर्धी बाहिरिने छन् ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।
पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो ।
२१ मंसिर २०७६ शनिबार ००:००
2
Shares






प्रतिक्रिया