१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सडक डिभिजन प्युठानका दुई इन्जिनियर २० लाख घुस सहित पक्राउ



प्युठान ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिँदालिँदै उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको उनले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ६ : ०८ बजे