२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

उत्तर प्रदेशमा मात्रै हालसम्म १५ जना मारिए, कम्तिमा ७०० गिरफ्तार



एजेन्सी। भारतमा नागरिकता कानुनको विरोधमा भइरहेको आन्दोलनले उग्र रुप लिएको छ।प्रदर्शनकारीविरुद्ध सरकार दमनमा उत्रिएको छ। उत्तर प्रदेशमा मात्रै हालसम्म १५ जना आन्दोलनकारीको मृत्यु भएको छ भने कम्तिमा ७०५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशमा तोडफोडमा उत्रिएकाे आराेपमा कैयाैँलाई मुद्दा दर्ता चलाइएकाे छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउनेहरु माथि मुद्दा चलाउनुका साथै उनीहरुको निजी सम्पत्ति लिलाम गरेर सार्वजनिक सम्पत्तिको भरपाई गरिने चेतावनी दिएका छन्।

यस्तै बिहारमा राष्ट्रिय जनता दलले शनिबार बिहार बन्द गराएको छ। बन्दका कारण रेल्वे सेवासमेत रोकिएको थियो। बन्दलाई कांग्रेस लगायतका दललेसमेत साथ दिएका थिए। बिहारका मुख्यमन्त्री नितिश कुमारले केन्द्र सरकारले ल्याएको नागरिकता संशोधन कानुन बिहारमा लागू हुन नदिने बताइसकेका छन्।

प्रकाशित मिति : ६ पुस २०७६ आइतबार ००:००  ६ : १६ बजे