१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महालक्ष्मी नगरपालिकाका अधिकृत र लेखापाल घुस लिँदालिँदै पक्राउ



ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुस लिदालिदै रंगेहात पक्राउ गरको हो ।  बिज्ञापनवापतको रकम भुक्तानीमा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अखितयारको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६ बिहिबार ००:००  २ : १४ बजे