७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

गुडिरहेको टिपरमा स्कुटी ठोकिँदा पाल्पामा एक जनाको मृत्यु 



पाल्पा ।

पाल्पामा गुडिरहेको टिपरमा स्कुटी ठोकिँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ का २५ वर्षीय सिद्धान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए।  पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १७६३ नम्बरको टिपरलाई सोही दिशाबाट जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटीले उच्छिन्ने क्रममा दुर्घटना भएको हो। सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ ड्याम साइडनजिकै दिउँसो करिब तीन बजे दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए। उनका अनुसार घाइते थापालाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल र्पुयाउदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ६ : १५ बजे