२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु



काठमाडौं ।
बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा जिप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए। से१च १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ। एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए। जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अन्य मृतकहरुको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ४ : ०८ बजे