मायादेवी अनलाइन, वाणगंगा ।
चिसोले प्रदेश ५ को जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिनभर परेको बर्षासंगै प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो ।
चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्नसमेत सकस भएको छ । दिनभरको बर्षासंगै चिसो बढेपछि बिहीबार प्रदेश ५ को अर्घाखाँची, गूल्मी, रोल्पा, प्यूठान र पूर्व रुकुम लगायतका उच्च पहाडी भूभागमा हिमपात भएको छ ।
कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, नवलपरासी र पाल्पामा वर्षासँगै अत्यधिक चिसो बढेको छ । कपिलवस्तुमा शुक्रबार बिहान देखि भएको बर्षासँगै चिसो बढेपछि स्थानीयलाई घर बाहिर निस्कन कठिन भएको छ ।
ठन्डीले जिल्लाका बालबालिका, वृद्धवृद्धा र घरबाहिर काममा निस्कने बढी प्रभावित भएका छन् । चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको चिकित्सक बताउँछन ।
१८ पुस २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया