काठमाडौं ।
शुक्रबार देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात भइरह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार भारी हिमपात भएको छ ।
भारी हिमपातसँगै बढेको चिसोका कारण फिरन्ते जीवन बिताउँदै आएका राउटे बालकको मृत्यु समेत भएको छ । शनिबार पनि बिहानैदेखि देशका विभिन्न क्षेत्रमा वर्षाा भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाका अनुसार शनिबार दिनभर वर्षा कायमै रहने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसममा थोरै सुधार आए पनि देशका विभिन्न स्थानमा बदली हुने, वर्षा हुने र हिमपात हुने अवस्था कायमै रहने जनाएको छ ।
मौसमविद् सजिना शाक्यले भने, ‘न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन, बदली भएकाले धरातलको तातो माथि जान सकेको छैन, त्यसैले न्यूनतम तापक्रम शुक्रबार त्यति घट्दैन ।’
१९ पुस २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया