२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

गगन थापाको व्यङ्ग्यः राष्ट्रपति श्री ६, केपी ओली श्री ५ र प्रचण्ड श्री ३



काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ बडामहारानी भएको आरोप लगाएका छन् । सूचना प्रविधि विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिलगायत केही नेताहरूलाई पुरानै राजामहाराजाको शैलीमा नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन् । ‘श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ महाराज धिराज केपी ओलीकी जय, श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्‍ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो,’ थापाले भने, ‘अहिलेको सूचना प्रविधि विधेयकले गर्न खोजेको यही हो । सरकार आलोचना सहन नसक्ने काँतर छ ।’ उनले नागरिकलाई तर्साउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप पनि लगाए । ‘नागरिकले नेकपालाई बहुमत दिएको नागरिकलाई बलियो बनाउन हैन ?’ उनले सरकारका प्रवत्ता गोकुल बाँस्कोटालाई प्रश्‍न गरे ।
त्यस्तै, उनले सूचना प्रविधिको विधेयकको विरोध गरिरहेका नेकपाका नेता भीम रावल र रामकुमारी झाँक्री पनि सरकारको निसानामा रहेको बताए । ‘हामीले हाम्लाई पनि आलोचना गर हामी सहन सक्छौँ सच्चिन्छौँ भनेका छौँ,’ उनले भने, ‘यो विधेयक बन्यो भने हामी मात्रै होइन भीम रावल, रामकुमारी झाँक्री पनि थुनिन्छन् ।’ सरकारले संसदमा ल्याएको विधेयक भनेको जनताको लागि नभएको उनको टिप्पणी छ । थापाले सदनलाई सरकारले पहिलेदेखि नै थुरथुर बनाएर राखेको आरोप पनि लगाए । ‘सरकारले सदन त पहिलेदेखि थुरुथुरु बनाएको छ।

प्रकाशित मिति : २४ पुस २०७६ बिहिबार ००:००  ३ : ५३ बजे