२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

तनहुँमा बस दुर्घटना हुदा एकको मृत्यु, १७ घाइते



तनहुँ ।
पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घिरिङ गाउँपालिका–३ थानीमाईस्थित ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार करिब १०स्१५ बजे दुर्घटना भएको बसमा २५र२६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएको सबैलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको लामिछानेले बताए। बस सडकबाट करिब ३५र४० मिटर तल खसेको उनले बताए।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  १ : २८ बजे