८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतीय सिमावर्ती कृष्णनगर बजारमा मनाइयो पृथ्वीजयन्ती



अजय मिश्रा, कृष्णनगर ।

भारतीय सिमावर्ती कृष्णनगर बजारमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय एकता समारोह समितिद्धारा आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पृथ्वीनारायण शाहले देश निर्माणमा पुर्याएको अतुलनीय योगदानको प्रशंसा गरे ।

समितिकी अध्यक्ष पुष्पा रजौरियाको अगुवाईमा भएको कार्यक्रममा प्रेम शंकर शुक्ल, रविदत्त मिश्रा, अकरम पठान, गुरु शरण सिंह, दिनेश चन्द गुप्त, सुनील अग्रहरी, पंकज गुप्ता, संजय गुप्ता, तुंगनाथ लगायतले बोल्दै पृथ्वी नारायण शाहले नेपाल एकिकरणमा गरेको योगदानलाई विर्सन नसकिने भन्दै उनीहरुले सम्पूर्ण नेपाली राष्ट्र समृद्ध बनाउन लाग्नुपर्ने कुरामा जोड दिए ।

साथै उनीहरुले राष्ट्रिय एकताको अवसरमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ६ : ५७ बजे