८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुपन्देहीका वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ



बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ ।
वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६ बुधबार ००:००  ४ : ५० बजे