८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपालीले पैसा चिन्न सकेनन्ः गभर्नर नेपाल



पाल्पा ।
गभर्नर डा. चिरंजीबि नेपालले आर्थिक समृद्धिका लागि नेपालीलाई वित्तीयरूपमा साक्षर बनाउनेअभियानलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्धनमा शुक्रबार पाल्पाको तानसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

गभर्नर नेपालले वित्तीय साक्षरता नै समृद्धिको प्रमुख आधार भएको बताए । ‘नेपालीले पैसा र यसको उपयोगबारे सुक्ष्म ज्ञान पाए भने समृद्धि धेरै टाढा छैन,’ गभर्नर नेपालले भने, ‘यसका लागि केन्द्रीय बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूलाई प्रोत्साहन गरिरहेको छ ।’

अहिलेसम्म नेपालीले पैसा नै नचिनेको उनले टिप्पणी गरे । ’पैसा र यसको महत्त्व थाहा पाएको भए, न नेपालमा गरिब भएर बस्नुपर्थ्यो, न त विदेश नै जानुपर्थ्यो,’ गभर्नर नेपालले भने, ’गाउँगाउँमा बैंक तथा वित्तीय संस्था छन, कर्जा लिएर उद्यम, व्यवसाय गर्न सके पैसाका लागि भौतिरिनु पर्दैन ।’ उनले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको हितमा रहेर काम गर्न निर्देशन पनि दिए ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ३ : ३९ बजे