२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

दिनभर देशभरको मौसम कस्तो रहला ?



काठमाडौँ ।
काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा मौसम सामान्य बदली भएको छ । हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली भएको छ । अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित एक–दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ८ : ०० बजे