९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

बुटवलमा सिटिईभिटि परीक्षा प्रणाली र पाठ्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठी



बुटवल ।
प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद (सिटिईभिटि),परिक्षा नियन्त्रण कार्यालय पाठ्यक्रम महाशाखा एवं प्रदेश नम्बर ५ बुटवल रुपन्देहीको संयुक्त आयोजनामा परिक्षा प्रणाली तथा पाठ्यक्रम कार्यान्वयन सम्बन्धी एक दिने प्रादेशिक गोष्ठी शनिबार सम्पन्न भएको छ ।

बुटवलमा भएको गोष्ठीमा बोल्दै परिक्षा नियन्त्रक दिपक प्रसाद पौडेलले सबै क्षेत्रको परिक्षा प्रणली एउटै कसरी बनाउने भन्ने चुनौतिको बिषय रहेपनि यस विषयमा काम अघि बढी सकेको बताउनुभयो ।

कार्यक्रममा सिटिईभिटिका निर्देशक अरबिन्द कुमार चौधरीले सिटिईभिटि लाई अझै थप व्यवस्थीत हुनुपर्ने तर्क गर्नुभयो । चौधरीले प्राविधिक शिक्षामार्फत रोजगारी सिर्जना गर्ने महत्वपूर्ण कार्य गरिहेको बताउनुभयो । महासंघका ५ नं. प्रदेश अध्यक्ष अरुण कुमार पाण्डेले हाम्रो देशमा प्रदान गरिएको शिक्षा प्रयोगात्मक नभई सैद्धान्तिक भएकाले उत्पादनशील, सीपमूलक शिक्षाका रुपमा प्राविधिक शिक्षा प्रदान गरी विदेशिने युवाहरुलाई स्वदेशमै राजेगारीको अवसर सिर्जना देशलाई समृद्ध राष्ट्र बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा गोपाल आचार्य, दामोदर देबकोटा, ईश्वर चन्द्र घिमिरे, महेशराज हमाल लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा निजि प्राविधिक महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्तराज खनाल, फोरम फर टेक्नीकल साईन्सका केन्द्रीय सदस्य चिरञ्जीवि जोशी, सिटिईभिटि प्रदेश ५ का प्राविधिक अधिकृत बसन्त टण्डन, अचुतराज तिमिल्सीना,रिषिराम घिमिरे ,सकुन्तला थान्जु,निजि प्राविधिक महासंघका केन्द्रीय सदस्य त्रिलोचन पौडेल लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रदेश ५ का ८ जिल्लाका प्राविधिक शिक्षा अध्यापन गराउने बिद्यालयबाट प्रध्यानाध्यापक र परिक्षा शाखा प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ११ : ०३ बजे