२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

संचार मन्त्रालयको जिम्मा युवराज खतिवडालाई



काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडालाई संचार मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। यसअघि यो मन्त्रालयको जिम्मेवारी गोकुल बाँस्कोटाले सम्हाल्दै आएका थिए। सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि बाँस्कोटाले राजीनामा दिएका थिए। बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले मन्त्रालयको जिम्मेवारी डा खतिवडाले सम्हाल्ने गरी तोकेकी हुन्। त्यस्तै, यसअघि बाँस्कोटाले नै जिम्मेवारी सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङलाई तोकिएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ०८ बजे