मायादेवी अनलाइन, चारनम्बर ।
कमजोर व्यवस्थापनका कारण स्वास्थ्य जस्तो मौलिक अधिकार अझै पनि जनताको माझमा ल्याउन नसकिएको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्विकार गर्नुभएको छ । स्वास्थ्यलाई सरल, सहज, सर्वसुलभ र गुणस्तर बनाउनुपर्नेमा जोड दिदैँ मन्त्री बरालले स्वास्थ्य संस्थामा देखिएका कमजोर व्यवस्थापनको हल तत्काल गर्नुपर्नेमा जोड दिनुभयो । ‘राज्यले निशुल्क औषधि त दिने भनेको छ, तर नागरिकले सहज रुपमा पाउन सकेका छैनन्, कपिलवस्तुको निग्लिहवा स्वास्थ्य चौकिको नवनिर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै मन्त्री बरालले भन्नुभयो, “यसको व्यवस्थापन गरी स्वास्थ्य सेवालाई जनताको पुहँचमा हुने गरी सरकारले काम गरिरहेको छ ।”
पैसाको अभावले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हाम्रो माझमा रहेको भन्दै प्रदेश सरकारले यता तर्फ गम्भिर ध्यान दिएको बताउनुभयो । स्वास्थ्य चौकी तथा अस्पतालमा १० देखि ३ बजेसम्म सेवा दिदैँमा केही नहुने भन्दै नागरिकलाई गाउँ गाउँ गएर स्वास्थ्य सम्बन्धि अभिमूखिकरण राख्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश सरकारले बृद्धबृद्धालाई घरमै पुगेर विरामी जाच्ने अभियान सञ्चालन गर्दै आएको छ, नर्सको लागि एडभान्स तालिम दिदैँ छ उहाँले भन्नुभयो’, “विकटमा एम्बुलेन्स सेवा, सुगममा स्वास्थ्य संस्थामा आवश्यक मेसिनरी सामग्री दिने योजनामा छौं । मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवालाई नागरिकले अब ग्रहण गर्ने दिन आउँदैछ ।”
स्वास्थ्यकै लागि व्यक्तिको खर्च अत्याधिक लाग्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले योजना बनाइरहेको उहाँले जिकिर गर्नुभयो । स्वास्थ्यमा राज्यको लगानी बढाउने र व्यक्तिको घटाउने अभियानमा सरकार अगाडी बढेको छ, उहाँले भन्नुभयो ।
कपिलवस्तु नकरात्मक सुचाकङ्कमा अगाडी रहेको भन्दै यो हटाउने अभियानमा मन्त्रालय लागि परेको स्पष्ट पार्नुभयो । जिल्ला अस्पताल तौलिहवालाई सुविधा सम्पन्न अस्पताल बनाउने गरी काम भैरहेको भन्दै यसलाई अझ व्यवस्थित बनाउने दिशामा आफुहरु लागेको बताउनुभयो । ‘डाक्टरको दरबन्दी थप गर्ने, आवश्यक उपकरण खरिद गर्ने र अस्पतालले दिने सेवासुविधा बढाउने उद्धेश्यका साथ हामी अगाडी बढेका छौं मन्त्री बरालले भन्नुभयो, “अब यहाँका नागरिक उपचारकै लागि बुटवल, भैरहवा र भारत जानुपर्ने बाध्यता हट्छ ।”







प्रतिक्रिया