६ असार २०८३, शनिबार | Sat Jun 20 2026

देशभर मेघ गर्जन र हावा हुरीसहित हल्का बर्षा र हिमपात हुने



काठमाडौं । पश्चिमी वायुको असरका कारण आज पनि देशका केही स्थानमा मेघ गर्जन र हावा हुरीसहित हल्का बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। दिउँसोपख पश्चिम पहाडका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमबीद् मन्जु बासीले पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुने बताइन्। उनका अनुसार स्थानीय वायुको कारण काठमाडौैँ उपत्यकाको मौसममा आंशिक बदली हुनेछ। उपत्यकामा बेलुकीपख पानी पर्ने न्युन संभावना रहेको मौसमबीद् बासीले बताइन्। तराई क्षेत्रको मौसम भने आज दिनभर सफा रहने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको आज बिहानको न्युनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। उपत्यकाको तापक्रम बढेर दिउँँसो २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ८ : ३६ बजे