८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना भाइरसका कारण इरानमा ज्यान गुमाउनेको संख्या २१० पुग्यो



एजेन्सी ।
इरानमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २१० रहेको अस्पताल स्रोतले जनाएको छ।
इरानका अस्पताल तथा स्वास्थ्य स्रोतलाई उद्धृत गर्दै बिबिसीले इरानमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २१० रहेको उल्लेख गरेको हो ।
ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरानका छन् । यस्तै कोम शहरमा पनि संक्रमितको संख्या धेरै रहेको जनाइएको छ ।
इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको ज्यान गएको बताएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  १२ : ०८ बजे