२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मन्त्रिपरिषद् बैठक आइतबार ५ बजे बस्‍ने



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ओलीले आफूले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने र त्यसका लागि सोमबार अस्पताल भर्ना हुने जानकारी गराउने एक एजेण्डा आफ्नो जानकारीमा आएको एक मन्त्रीले बताए । सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा सोमबार र बिहीबार बस्ने भएपनि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने भएपछि बैठक आइतबार नै बोलाइएको हो।

बैठकमा ओलीले आफू अस्पताल रहँदा गर्नुपर्ने कामबारे पनि मन्त्रीहरुलाई निर्देशन दिने स्रोतले दाबी गरेको छ।
यसअघि नेकपा अध्यक्ष समेत रहेका ओलीले बिहान बसेको नेकपा सचिवालय बैठकमा पनि आफ्नो मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएका थिए। ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्ने तय भएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  २ : ५० बजे