१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सभापति देउवाले थपे २ केन्द्रीय सदस्यसहित ६ जना आमन्त्रित सदस्य



काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईजना केन्द्रीय सदस्य र छ जना आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेका छन् । विधानको धारण ४९१०० बमोजिम मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

थप भएका केन्द्रीय सदस्यमा जंगीलाल राय (सर्लाही) र डोल्पाका कर्णबहादुर बुढा रहेका छन् ।

त्यस्तै आमन्त्रिक केन्द्रीय सदस्यमा कैलालीका मोहनसिंह राठौर, सर्लाहीकै शम्भुलाल श्रेष्ठ, कपिलवस्तुको अभिषेखप्रताप शाह, लम्जुङका दयाराम पाण्डे, डडेल्धुराका जनकराज कनौली र स्याङ्जाका भूमिबहादुर गुरुङ रहेका छन् ।

अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

त्यसैगरी कांग्रेसका अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ८ : १० बजे