१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

इजरायली प्रधानमन्त्री नेतन्याहूले गरे आम चुनावमा आफ्नो जित निश्चित भएको दाबी



एजेन्सी ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आम चुनावमा आफ्नो पार्टीको जित हुने दाबी गरेका छन् ।

चुनावपछिका सर्वेक्षणहरुमा प्रमुख प्रतिस्पर्धी बेन्नी गान्ट्ज आफू भन्दा पछि देखिएपछि नेतन्याहूले आम चुनावमा आफ्नो पार्टीको जित निश्चित रहेको बताएका हुन् ।

मतदानपछिका तीन सर्वेक्षणले प्रधानमन्त्री नेतन्याहूको लिकुड पार्टीलाई अघि देखाएका छन् । लिकुड पार्टीले ३६ देखि ३७ सिट जित्ने अनुमान गरिएको छ । गान्ट्जको सेन्ट्रिस्ट ब्लु एण्ड ह्वाइट गठबन्धनले ३२ देखि ३४ सिट जित्ने अनुमान छ ।

तर नेतन्याहूको पार्टीले बहुमत भने नल्याउने देखिएको छ । सोमाबार भएको मतदान एक वर्ष भन्दा कम अवधिमा इजरायलमा भएको तेस्रो आम चुनाव थियो ।

यसअघिका दुई चुनावमा दुवै पार्टीले बहुमत ल्याउन सकेका थिएनन् । इजरायली संसदमा १२० सिट रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ९ : ०५ बजे