८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते



हेटौंडा ।
वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए। गम्भीर घाइते भएको विजयको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यसैगरी विजयीकी श्रीमती २२ वर्षीया सविता घाइते भएकी छन्। उन हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  १० : ५३ बजे