८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भोजपुरबाट विप्लवका विद्यार्थी नेता पक्राउ



भोजपुर ।
भोजपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन्। प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो। राईलाई शनिबार भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए। राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। राईलाई त्यहाँ लुकीछिपीको बसेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले केही दिनअघि विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ४९ बजे