९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

भारतीय राजदूतले भेटे सभामुख



काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्।
मंगलबार सभामुख सापकोटा र राजदूत क्वात्राबीच शिष्टाचार भेट भएको सभामुखको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीच सम्बन्ध अझै उच्च हुनेमा विश्वास व्यक्त गरेका थिए।
राजदूत क्वात्राले नेपाल आएपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग पनि क्वात्राले भेट गरिसकेका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : २५ बजे