८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बाँस्कोटाको घरमा विस्फोट गराउने आतंककारी समूहः प्रचण्ड



काठमाडौं ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने समूहलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आतंककारिको संज्ञा दिएका छन्। नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसदसमेत रहेका बाँस्कोटाको घरमा बुधबार बिहान कुकर बम विस्फोट गराएको घटनाबारे अध्यक्ष दाहालले निकालेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट बाँस्कोटाको घरमा बम विस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ। पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटाको मध्युर थिमी नगरपालका(१ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छु, प्रचण्डले निकालेको विज्ञप्तीमा भनिएको छ, म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछु। घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।

प्रकाशित मिति : २८ फाल्गुन २०७६ बुधबार ००:००  १ : २२ बजे