१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

एन्फाद्वारा बी डिभिजन लिग स्थगित



काठमाडौं ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० द्वारा ‘बी’ डिभिजन लिग स्थगित गरिएको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘बी’ डिभिजन लिग स्थगित गरेको जानकारी दिएको हो ।

एन्फाको चर्को आलोचना भएपछि लिग स्थगित गरिएको हो । विश्वमा फैलिएको कोरोना भाइरसको जोखिम प्रति गम्भीर ध्यानमा भएको भन्दै एन्फाले ‘बी’ डिभिजन लिग एक साताकालागि स्थगित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय बमोजिम संघले सञ्चालन भइरहेको ‘बी’ डिभिजन लिग पनि स्थगित गरेको जनाएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  १० : १९ बजे