४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

अब एकै ठाउँ २५ जना भन्दा धेरै भेला हुन नपाइने



काठमाडौं ।
सरकारले अबको डेढ महिनासम्मलाई एकै ठाउँ २५ जना भन्दा धेरै भेला हुन नपाउने नियम ल्याएको छ। विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
बैठकले आगामी अप्रिल ३० सम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, डान्सबार, क्लब, म्युजियम, जिम, पौडी पोखरी र अन्य मरोरञ्जनस्थल पनि बन्द गर्ने प्रस्ताव समितिले गरेको छ । समितिले कुनै पनि सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै जम्मा नहुने गरी नियम लागू गर्ने भएको छ। पार्टी प्यालेस, मन्दिर, गुम्बा, मस्जिद र चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलहरुमा उक्त संख्या भन्दा धेरै मान्छे जम्मा हुन नदिन गृह मन्त्रालयसहितलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  ४ : ५७ बजे