२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मर्यादपुर नाका हुँदै कपिलवस्तु छिरेका दुई जनामा कोरोना आशंका



मायादेवी अनलाइन, तौलिहवा ।
भारतको उत्तर प्रदेशमा कोरोना संक्रमित बढिरहेका बेला त्यसको असर सिमा नाकामा पनि देखिन थालेको छ । भारतसंग खुला सिमा जोडिएको कपिलवस्तुमा प्रवेश गरेका दुई जनामा कोरोनाको लक्षण देखिए पछि त्यसको असर सिमा नाकामा परेको हो ।
तौलिहवा देखि १० किलोमिटरको दुरीमा रहेको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा जाँच गर्ने क्रममा उच्च ज्वरो सहित कोरोनाका लक्षण देखिए पछि उनीहरुलाई क्वारेन्टाईन पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई अहिले जिल्ला अस्पताल तौलिहवामा लगेर स्वास्थ्य जाँच भैरहेको छ । कपिलवस्तु प्रहरी उपरिक्षक दिपशम्सेर जवराका अनुसार दुई जनामध्ये एक जना बेलायतबाट भारत हुँदै नेपाल फर्किएका हुन भने अर्का एक जना पंन्जावबाट नेपाल फर्किदै गरेका थिए ।
दुबैमा कोरोनाको लक्षण देखिएकाले जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा.वि. तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको जनाइएको छ । क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आ–आफनो घर जान दिईने व्यवस्था मिलाउन लागिएको जबराले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  १२ : ५६ बजे