८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

फिनल्याण्ड पूर्वराष्ट्रपतिलाई कोरोना



एजेन्सी ।
फिनल्याण्डका पूर्वराष्ट्रपति मार्टी आह्तीसारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सन् २००८ मा नोबेल शान्ति पुरस्कार पाएका आह्तीसारीलाई कोरोना भाइरस भएको फिनल्याण्डको राष्ट्रपति कार्यालयले मंगलबार जानकारी दिएको हो। संक्रमण मंगलबार पुष्टि गरिएको हो। अहिले आह्तीसारी ठीकै हुनुहुन्छ, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।
८२ वर्षीय आह्तीसारी सन् १९९४ देखि २००० सम्म फिनल्याण्डका राष्ट्रपति थिए। फिनल्याण्डमा अहिलेसम्म ७०० जनामा कोरोनाभाइरस संक्रमण देखिसकेको छ भने एक जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ५ : १९ बजे