७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका थप पाँचजना सम्पर्कमा



काभ्रे ।

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन्। संक्रमित युवतीसँगै आएकाहरुलाई सम्पर्कमा आउन सरकारले आह्‍वान गरेसँगै उनीहरू सम्पर्कमा आएका हुन्। काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सम्‍पर्कमा आएकामध्ये चारजना धुलिखेलका रहेको थाहाखबरलाई जानकारी दिए। प्रजिअ तिमल्सिनाका अनुसार एक जनाको ठेगाना पुष्टि हुन बाँकी छ।

उनका अनुसार सम्पर्क आएकामध्ये ३ महिला र २ पुरुष रहेका छन्। सम्पर्कमा आएका व्यक्तिले बताएअनुसार उनीहरु सबै अमेरिकाबाट कतार हुँदै नेपाल आएका हुन्। अहिले उनीहरु डाक्टरको सल्लाहअनुसार घरमै सेल्फ क्वरेन्टाइनमा बसिरहेका छन्। उनीहरुलाई चेकजाँचको लागि टेकु अस्पताल लैजाने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए। नोबेल कोराना भाइरस (कोभिड–१९) को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए। यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेका ७ जना सम्पर्कमा आएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०७६ बिहिबार ००:००  १ : ०७ बजे