२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अमेरिकामा बुलेट ट्रेनको गतिमा फैलदै कोरोना, एकै दिनमा १७ हजार संक्रमित फेला



काठमाडौं ।
विश्वमा महामारीको रुप लिदै गएको नोवेल कोरोना भाइसर कोभिड १९ का संक्रमित एकै दिन अमेरिकामा १७ हजार १६६ नया संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड १९ को नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ।

पुष्टि भएका संक्रमितको संख्या अमेरिकामा विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

पछिल्लो २४ घण्टामा १७ हजार १६६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ८ : २९ बजे