१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पश्चिम नवलपरासीमा खुकुरी देखाएर लुट्न खोज्ने दुई जना पक्राउ



नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई खुकुरीसहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका छन् ।
पक्राउ परेका गुरुङ्गहरुले सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुर डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर लुटपाटको प्रयास गरेका थिए ।
आफूहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टोली र नर्सही प्रहरी चौकीको टोलीको सक्रियतामा अभियुक्तलाई खुकुरी सहित नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छन् ।उनीहरु माथी थप अनुसन्धान भईरको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ५ : ३९ बजे