१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

वाणगंगामा राहतका लागि धमाधम फारम भर्ने काम सुरु



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले लक डाउनको बेला प्रभावित हुने मजदुर तथा गरिब परिवारलाई राहतको लागि विवरण भर्ने कामको सुरुवात गरेको छ ।
केन्द्र सरकारले बनाएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असाहयलाई उपलब्ध गराउने राहत सम्बन्धि मापदण्ड स्विकृत गरेसंगै वाणगंगाले राहतको लागि फारम भर्ने कामको सुरुवात गरेको हो ।
११ वटा वडा रहेको वाणगंगामा गरिब तथा मजदुर वर्गको फारम भर्ने कामको सुरुवात गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । फारम भरि सकेपछि राहतका लागि नगरपालिकाले प्रक्रिया थाल्ने नगर प्रवक्ता पौडेलले बताउनुभयो । एक दुई दिनभित्र नगरपालिकाले राहत वितरणको काम थाल्ने उहाँले स्पष्ट पार्नुभयो ।
विहीबार मात्र वाणगंगाले उप प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा राहत वितरण गर्न समिति गठन भएको थियो । समितिले गरिब तथा मजदुर वर्गलाई मात्र राहत दिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ७ : ५४ बजे