६ असार २०८३, शनिबार | Sat Jun 20 2026

विजयनगरले दियो पत्रकारलाई पि.पि.ई.सहितका सामग्री



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले नेपाल सरकारको चौथो अङ्गको रुपमा रहेको सञ्चार क्षेत्रलाई सुरक्षित रुपमा राख्न पि.पि.ई. सेनीटाइजर, मास्क प्रदान गरेको छ ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित रही फिल्डमा समाचार संकलन गर्न सजिलो होस् भनी नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य तथा रेडियो विजयनगरका स्टेशन म्यानेजर राम प्रघट कोरीलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ४ सेट प्रदान गर्नु भएको छ ।

फिल्ड मै समाचार संकलन गर्ने पत्रकारलाई हस्तान्रण गरेको थापाले बताउनुभयो । सञ्चारकर्मीले आफ्नो ज्यानलाई प्रवाह नगरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सूचनाहरु प्रचारप्रसार गरी सचेतना जागृतमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले फिल्डमै काम गर्ने सञ्चारकर्मीलाई पि.पि.ई. सेट प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ८ : १३ बजे