७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले आजबाट यमनमा युद्धविराम गर्ने



एजेन्सी ।

यमनमा हुथी बिद्रोहीविरुद्ध लडिरहेको साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले युद्धविरामको घोषणा गरेको छ । युद्धविराम बिहीबारदेखि लागु हुने स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले यमनमा पाँच वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयास गरिरहेको छ । सोही प्रयासलाई साथ दिनका लागि युद्धविराम हुन लागेको गठबन्धन सेनालाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ।

पश्चिमा सैन्य शक्तिको साथ पाएको गठबन्धन सेनाले सन् २०१५ को मार्चदेखि इरानको साथ पाएको हुथी बिद्रोहीसँग लड्दै आएको छ ।

हुथी बिद्रोहीले पनि युद्धविराम लागु गर्छ वा गर्दैन भन्ने स्पष्ट भएको छैन । गएको महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुवै पक्षलाई युटविराम गर्न आग्रह गरेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहेका कारण युद्धविराम गर्न उनले भनेका थिए।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ८ : ११ बजे